प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनअधिकार पार्टीको आपत्ति
nepalpress.com · Wed Jun 24 06:26:47 GMT 2026

काठमाडौं । जनअधिकार पार्टीले प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति आपत्ति जनाएको छ । अध्यक्ष डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै रास्वपाको महाधिवेशनमा उपसभापति स्वर्णिम वाग्लेले प्रदेश खारेजीको प्रस्ताव गर्नु खेदजनक भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश खारेज भनेकै संघीयता खारेजी हो यो प्रस्ट छ। सीमान्तकृत मधेशी, थारु, आदिवासी, जनजाति, र अल्पसङ्ख्यकहरूको सङ्घर्षबाट स्थापित सङ्घीयता कसैको पेवा होइन ।’
उनले सबै अधिकार काठमाडौं ल्याउने दुस्साहस भए दुई तिहाइको सकारले अधिकार प्राप्तिको आन्दोलन थेग्न नसक्ने चेतावनी दिएका छन् ।
पूर्ण स्वायत्ततासहितको संघीयताको मागलाई समर्थन गर्दै सङ्घीयतामाथि हुने कुनै किसिमको आक्रमणलाई विफल पार्न आह्वान समेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ