मनास्लु आधार शिविरमा प्रकृति पूजा
gorkhapatraonline.com · Wed Sep 16 05:36:00 GMT 2026
विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहणका लागि आरोहीहरू आधार शिविरमा भेला हुन थालेका छन् । आरोहणको मुख्य सिजन भएसँगै गोरखाको चुमनुब्री गाउँपालिका– १ सामागाउँस्थित मनास्लु आधार शिविरमा आरोही, शेर्पा तथा सहयोगीहरूको चहलपहल बढेको छ ।
‘आरोहण सफल र सुरक्षित होस् भन्ने कामनासहित आरोहणअघि आधार शिविरमा पूजा गरिएको छ,’ गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘हिमाल आरोहण गर्नुअघि स्थानीय पराम्परा अनुसार हिमाल र प्राकृतिको पूजा गर्ने चलन रहँदै आएकाले आरोही तथा उनीहरूका सहयोगीहरूले पूजामा सहभागी हुँदै सुरक्षित आरोहणका लागि प्रार्थना गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)