मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

nepalpress.com · Wed Jun 24 06:33:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको छ।

जेठ २८ गतेभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूले असार २० गतेसम्म गर्नसक्ने व्यवस्थासहित नयाँ सदस्यता व्यवस्थापन तालिका ल्याएको हो। सदस्यता अद्यावधिक गर्नको लागि भुवन ओझालाई सम्पर्क व्यक्ति ताकेको छ ।

नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण र अद्यावधिक, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यहरूको नवीकरण एवं अद्यावधिक, स्थानान्तरण भएको सदस्यहरूको अद्यावधिक गर्नको लागि २० गतेसम्म समय दिइएको छ।

नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरणको लागि १० गतेसम्म र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम टुङ्ग्याउन २० गतेको लागि समय निर्धारण गरिएको छ। यी सबै कामको लागि सम्पर्क व्यक्ति समेत तोकेको नेपाली कांग्रेसले जनाएको छ।

पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले सदस्यता अद्यावधिक नगर्ने भन्दै पार्टीको निर्णयमा विमति राख्दै आइराखेका छन्।

बाँकी रहेकाहरूको सदस्यता अद्यावधिक गर्ने लक्ष्यका साथ नयाँ कार्यतालिका ल्याएको हो। हिजो झापा पुगेका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने प्रस्ट सन्देश दिइसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय