अछाममा प्राविधिक शिक्षा संकटमा : अधिकांश विद्यालयका कार्यक्रम बन्द
ekantipur.com · Thu Nov 13 17:47:54 GMT 2025

अछाम — केही वर्षअघिसम्म अछामका गाउँगाउँमा प्राविधिक शिक्षा विस्तारको उत्साह देखिए पनि हाल अधिकांश विद्यालयमा प्राविधिक पढाइ बन्द भएको छ ।
सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) बाट मान्यता प्राप्त गरेर जिल्लाका धेरै माध्यमिक विद्यालयले सिभिल इन्जिनियरिङ, कृषि र पशु विज्ञानजस्ता विषय पढाउन थालेका थिए । कार्यक्रम सुरु भएको केही वर्ष गाउँमै बसेर सीपमूलक शिक्षा प्राप्त गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको थियो । तर अहिले धेरै विद्यालयमा ती कार्यक्रम बन्द भइसकेका छन् । कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा पनि विद्यार्थीको अभाव हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)