कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
gorkhapatraonline.com · Sat Jun 06 06:12:46 GMT 2026

कोलम्बियाको मध्य भागस्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिउँसो एक नगरपालिकामा रहेको खानीमा विस्फोट भएको थियो ।
प्रारम्भिक अनुसन्धानले भूमिगतरूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ । दुर्घटनापछि उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरको नाम सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)