भोटेकोशी बाढीबाट अभिभावक गुमाएका १७० बालबालिका कास्कीका बालगृहले राख्ने
ratopati.com · Wed Sep 16 05:48:42 GMT 2026

पोखरा । रसुवाको भोटेकोशी बाढीबाट अभिभावक विहीन भएका बालबालिकालाई कास्कीका बालगृहहरुले आश्रय दिने भएका छन् । रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायत जिल्लामा यसले ठूलो क्षति पुगेको छ । भदौ १० को बाढीले धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् । त्यसको तथ्यांक सरकारले सार्वजनिक गरिसकेको छैन ।
कास्कीमा रहेका २५ वटा बालगृहहरुले राज्यले आवश्यक प्रक्रिया पूरा गरेर जिम्मेवारी दिए १ सय ७० बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने बताएका छन् । बालगृहहरुको सञ्जाल कास्कीका अनुसार बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतले समेट्ने गरी संरक्षण दिन तयार रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)