मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा
barnanmedia.com · Wed Jun 24 06:32:00 GMT 2026
काठमाडौं / क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)