एसईईमा ४ जिपिए ल्याउने बिद्यार्थीलाई एक लाख पुरस्कार
gorkhapatraonline.com · Sun May 31 11:09:38 GMT 2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाले एक लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गाउँपालिका –७ स्थित शैलपुत्री माबिबाट एसईईमा उत्कृष्ट ४ जिपिए ल्याउनु भएका युनिक पनेरुलाई गाउँपालिकाले नगद एकलाख पुरस्कारसहित सम्मान गरेको हो । गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने बिद्यार्थी, शिक्षक तथा प्राधानध्यापकलाई प्रोत्सहनस्वरुप सम्मान गरेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)