बजेटमा ‘पेमेन्ट गेटवे’ होइन, ‘फिनटेक मार्केटप्लेस’ ल्याइने: गभर्नर पौडेल
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताएका छन्।
बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा कतै पनि उल्लेख गरिएको छैन र फिनटेक मार्केटप्लेस सञ्चालन गर्ने कुरा राष्ट्र बैंककै नेतृत्वमा अगाडि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)