जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै
barnanmedia.com · Sun May 31 11:06:18 GMT 2026

जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु छ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रु छ करोड ३४ लाखको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै रु छ करोड ३४ लाखमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)