कृषि विकास बैंकले सुरू गर्यो साताव्यापी ‘केवाईसी सचेतना सप्ताह’
clickmandu.com · Wed Sep 16 05:56:15 GMT 2026

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै साताव्यापी ‘ग्राहक पहिचान सचेतना सप्ताह’ औपचारिक रूपमा सुरू गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ बैंकले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रमको शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका थिए । कार्यक्रममा बैंकका सम्पूर्ण विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति रहेको थियो भने उपत्यका बाहिरका शाखा प्रबन्धकहरूलाई भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)