पूरानो बक्यौता चुक्ता गरेपछि आयल निगमले इन्धनको मूल्य घटायो
corporatenepal.com · Thu Nov 30 15:51:36 GMT 2023
काठमाडौं । पूरानो बक्यौता चुक्ता गरेपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपियाँले घटाएको हो ।
मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपियाँ र डिजेलको मूल्य १६० रुपियाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपियाँ र डिजेलको मूल्य १५९ रुपियाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)