हल्यान्डको गोल देख्ने, अफसाइड नदेख्ने: प्रिमियर लिगका VAR रेफ्रीहरूलाई ‘घर बिदा’!
barnanmedia.com · Wed Sep 16 05:55:50 GMT 2026
म्यानचेस्टर डर्बीमा भएको गम्भीर गल्तीका कारण भिडियो असिस्टेन्ट रेफ्री (VAR) अधिकारीहरू कारबाहीमा परेका छन्। म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हल्यान्डले ६०औँ मिनेटमा गरेको विवादास्पद गोललाई सदर गरेपछि रेफ्री प्रमुख हावर्ड वेबले खेल अधिकारीहरूलाई आगामी म्याचविकका खेलहरू सञ्चालन गर्नबाट रोकेका हुन्।
आइतबार ओल्ड ट्राफोर्डमा भएको भिडन्तमा हल्यान्डको गोललाई अन-फिल्ड रेफ्री माइकल ओलिभरले सुरुमा अफसाइड घोषणा गरेका थिए । तर, मुख्य भिडियो रेफ्री म्याट डोनोहु र उनका सहायक ब्लेक एन्त्रोबसलगायतको VAR टोलीले प्रविधिको सहायता लिँदै हल्यान्ड अनसाइड रहेको दाबीसहित उक्त निर्णय उल्ट्याइदिए, जसले गर्दा सिटी १–० ले विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)