माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता सेयर बिक्रीमा
arthasansar.com · Wed Sep 16 06:00:29 GMT 2026

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्था समूह तर्फको १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)