काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
nepalnews.com · Wed Jun 24 06:57:25 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी चितवन गएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फर्किएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ फर्किएका हुन्।
प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मंगलबारको बन्दसत्रमा सहभागी भएका थिए।
महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका छन्। चितवनमा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बालेन शाह