मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनि चेञ्जर प्रालिको लाइसेन्स खारेज

corporatenepal.com · Wed Jun 24 06:47:39 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनि चेञ्जर प्रालिको लाइसेन्स खारेज गर्ने भएको छ ।

राष्ट्र बैंकको धनगढी कार्यालयले आज सूचना प्रकाशित गरी भीमदत्त ४ महेन्द्रनगर कञ्चनपुरस्थित उक्त कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि लाइसेन्स खारेज गर्न लागिएको उल्लेख गरेको छ ।

Advertisement

उक्त मनिचेञ्जरसँग कसैको लेनदेन र अन्य सरोकार भएका ३५ दिनभित्र राष्ट्र बैंकको धनगढी कार्यालयमा जानकारी गराउन सूचना मार्फत आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय