मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन छोडेर काठमाण्डु फर्किए प्रधानमन्त्री शाह

kathmandupati.com · Wed Jun 24 06:55:43 GMT 2026

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाण्डु फिर्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाण्डु फर्किएका हुन् ।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मंगलबारको बन्दसत्रमा सहभागी भएका थिए ।

महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित थिए । चितवनमा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)

सम्बन्धित विषय