‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछः गभर्नर पौडेल
gorkhapatraonline.com · Sun May 31 11:31:48 GMT 2026

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताउनुभएको छ ।
बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागको नेतृत्वमा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छैन । फिनटेक मार्केटप्लेस सञ्चालन गर्ने कार्य राष्ट्र बैंकको नेतृत्वमा अगाडि बढ्ने हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)