मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भिजिट चितवन, न्यानो ठाउँ’ भन्दै राजधानी फर्किए बालेन्द्र शाह

kalakarmi.com · Wed Jun 24 06:58:47 GMT 2026

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी रहँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किएका छन् । असार ७ गते श्रीमती र छोरीसहित चितवन पुगेका शाह बुधवार बुद्ध एयरमार्फत राजधानी फर्किएका हुन् ।

महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका शाहले चितवन बसाइका क्रममा सौराहा र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको समेत भ्रमण गरेका थिए । उनी बन्दसत्रमा पनि सहभागी भएका थिए र पार्टी सभापति पदमा रवि लामिछानेको प्रस्तावक बनेका थिए ।

शाहसँगै उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छन् । चितवन बसाइका क्रममा उनी शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए । फर्किनुअघि सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उनले ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय