सिंहदरबारमा सर्वदलीय बैठक सुरु
barnanmedia.com · Wed Sep 16 06:01:42 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान साढे ११ बजेपछि बैठक सुरु भएको हो।
बैठकमा भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)