रास्वपा महाधिवेशनमा मतदान ढिलाइ, उम्मेदवार सूची नआउँदा प्रक्रिया लम्बिने
newsofnepal.com · Wed Jun 24 06:59:38 GMT 2026

काठमाडौँ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक हुन नसक्दा विद्युतीय मतदान प्रक्रिया ढिलिएको छ। निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको भए पनि हालसम्म सूची उपलब्ध गराएको छैन।
उम्मेदवारको अन्तिम सूची तथा फोटो प्राप्त भएपछि ई–भोटिङ मेसिनमा अपलोड गर्न ४–५ घण्टा लाग्ने बताइएको छ। करिब ४ सय उम्मेदवारले मनोनयन दर्ता गराएको आयोगको भनाइ छ।
मतदान ढिलिएसँगै महाधिवेशनको अवधि थप लम्बिने भएको छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारीका लागि मतदान हुने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)