मर्स्याङ्दी नदीमा पानीको सतह बढ्योः सतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com · Wed Sep 16 06:19:33 GMT 2026

लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)