खोत्रोको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
gorkhapatraonline.com · Wed Sep 16 06:15:52 GMT 2026

रातभरको अविरल वर्षाका कारण बुधबार बिहान आएको ठुलो पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गाउँपालिका–३, खोत्रोमा माथिल्लो डाँडाबाट ढिस्कोसहित ठुला ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको हो ।
खोत्रोमा ठुलो पहिरो गएको खबर पाएलगत्तै आवश्यक जनशक्ति तथा उपकरण प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)