ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?
kalakarmi.com · Wed Sep 16 06:18:32 GMT 2026

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका-१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कल्र्भट बगेको एक महिना पुगिसकेको छ । तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।
साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)