मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुका एक बालक ३ दिनदेखि बेपत्ता

setopati.com · Wed Jun 24 07:09:04 GMT 2026

मुगुका एक बालक तीन दिनदेखि बेपत्ता छन्।

खत्याङ गाउँपालिका–११ रातापानीका १५ वर्षीय माउन्टेन कार्की तीन दिनदेखि बेपत्ता छन्।

उनको खोजीमा आफन्त र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आफन्त अनिल कार्कीका अनुसार बेपत्ता माउन्टेन श्री महादेव मस्टा नमूना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

असार ८ गते बिहान ७ बजेतिर घरबाट निस्किएका माउन्टेन सम्पर्कविहीन भएपछि परिवारजनले खोजी कार्यमा सघाउन प्रहरी लगाएत सबैमा आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)