महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए
newsofnepal.com · Wed Jun 24 07:09:33 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाधिवेशन सम्पन्न हुनुअघि नै काठमाडौं फर्किएका छन्।
७ असारमा श्रीमती र छोरीसहित चितवन आएका शाह आज बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन्। उनीसँगै सचिवालयका केही सदस्य पनि काठमाडौं गएका छन्।
महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका शाहले ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको भ्रमण गरेका थिए। ९ असार साँझ बन्दसत्रमा सहभागी भएका उनले पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावकको भूमिका निर्वाह गरेका थिए।
चितवन बसाइका क्रममा शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। सोही रिसोर्टमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
बालेन शाह