राप्रपा महामन्त्री धवलशमशेर राणाले दिए पार्टीबाट राजीनामा
kalakarmi.com · Sun May 31 11:40:10 GMT 2026

काठमाडौं- धवलशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुने घोषणा गरेका छन् । आइतवार जारी विज्ञप्तिमार्फत उनले पार्टी त्याग गरेको जानकारी दिँदै देशमा विश्वसनीय राष्ट्रवादी शक्तिको निर्माणका लागि नयाँ राजनीतिक यात्रा प्रारम्भ गर्ने संकेत गरेका हुन् ।
राणाले देश तथा विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव, शुभेच्छा र जनभावनालाई आधार मानेर आगामी राजनीतिक दिशा तय गर्ने निर्णय गरेको बताएका छन् । उनका अनुसार राष्ट्रहित, समृद्धि र स्थिरताको पक्षमा उभिने नयाँ अभियान आवश्यक रहेको महसुस गर्दै त्यसतर्फ आफू अग्रसर हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)