माइतीघर मण्डलाकाे थापाथलीतर्फ जाने सडक खुला
ratopati.com · Wed Sep 16 06:29:29 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ । बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सुचारु भएको हो ।
सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)