गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
ratopati.com · Wed Jun 24 07:20:48 GMT 2026

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो । उपचारकै क्रममा बुधवार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)