कङ्गोमा एक हजार भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
gorkhapatraonline.com · Wed Jun 24 07:20:15 GMT 2026

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटना दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ ।
डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामी उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ । कङ्गोका अधिकारीले ४४ जना व्यक्तीको संकास्पद मृत्युसहित १३१ वटा सङ्काशपद घटनाको पनि रिपोर्ट गरेका छन् । आफ्नो दैनिक महामारी रिपोर्टमा कङ्गोको स्वास्थ्य मन्त्रालयले जारी गरेको सामुदायिक प्रसारणका आधारमा साप्ताहिकरुपमा पुष्टि भएका सङ्क्रमणका घटनामा पनि वृद्धि देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)