मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

onlinekhabar.com · Wed Jun 24 07:18:13 GMT 2026

चितवनमा जारी रास्वपाको महाधिवेशन लम्बिएको छ । ७-९ असारसम्म हुने भनिएको महाधिवेशन लम्बिएपछि प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किसकेका छन् ।

रास्वपाको महाधिवेशन बन्दसत्रबाट नेतृत्व चयनको निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ । केही समयपछि इलेक्ट्रोनिक भोटिङबाट मतदान हुँदैछ । तयारी कहाँ पुगेको छ ?

इलेक्ट्रोनिक भोटिङ मेसिनको तयारी हामीले हिजो रातिसम्म पूरा गरिसकेका छौं । सबै मेसिन तयार अवस्थामा छन् । अहिले हामी उम्मेदवारहरूको अन्तिम नामावली पर्खिरहेका छौं । फोटोसहितको अन्तिम नामावली प्राप्त भएपछि त्यसलाई प्रत्येक मेसिनमा अपलोड गर्नुपर्छ । मेसिनहरू पूर्ण रूपमा अफलाइन भएकाले हरेक मेसिनमा अलग–अलग रूपमा डाटा राख्नुपर्छ ।

हामीले यो कामका लागि १०–१५ घण्टाको समय मागेका थियौं । तर अहिलेको परिस्थितिमा त्यति समय उपलब्ध हुने देखिँदैन । त्यसैले समानान्तर रूपमा विभिन्न टोली परिचालन गरेर ५–६ घण्टाभित्र मेसिन सेटअपको काम सक्ने योजना बनाएका छौं ।

अन्तिम नामावली आएपछि एक प्रतिनिधिले मतदान गर्न कति समय लाग्छ ?

यसपटक प्रतिनिधिहरूले ९९ जनासम्म उम्मेदवार छान्नुपर्ने भएकाले एक व्यक्तिले मतदान गर्न औसत १५ देखि १८ मिनेट लाग्ने अनुमान गरेका छौं ।

रास्वपाले यसअघि बागमती प्रदेश अधिवेशनमा पनि यही प्रणाली प्रयोग गरिसकेको छ । यसपटक मतदानस्थल बाहिर दुईवटा ‘मक मेसिन’ राखेका छौं । जसले पहिले कहिल्यै इलेक्ट्रोनिक भोटिङ प्रयोग गरेका छैनन्, उनीहरूले त्यहाँ अभ्यास गर्न सक्छन् ।

पहिलो चरणको मतदानपछि केही पदमा दोस्रो चरणको मतदान पनि हुन सक्छ । अहिले ८० वटा मेसिन जडान गरिएको छ । एकपटकमा ८० जनाले मतदान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिको कुल संख्यालाई हेर्दा मतदान प्रक्रिया सम्पन्न गर्न करिब १० देखि ११ घण्टा लाग्न सक्छ ।

मतगणना भने कति समय लाग्छ ?

इलेक्ट्रोनिक प्रणाली भएकाले मतगणना छिटो हुन्छ । मतदान सकिएपछि करिब १ देखि १.५ घण्टाभित्र मतगणना सम्पन्न गर्न सकिन्छ ।

नेपालमा इलेक्ट्रोनिक भोटिङ अझै धेरैका लागि नयाँ अभ्यास हो । प्रतिनिधिहरूले कसरी मतदान गर्ने ?

रास्वपाले यसअघि बागमती प्रदेश अधिवेशनमा पनि यही प्रणाली प्रयोग गरिसकेको छ । यसपटक मतदानस्थल बाहिर दुईवटा ‘मक मेसिन’ राखेका छौं । जसले पहिले कहिल्यै इलेक्ट्रोनिक भोटिङ प्रयोग गरेका छैनन्, उनीहरूले त्यहाँ अभ्यास गर्न सक्छन् ।

मतदान प्रक्रिया निकै सरल छ । मेसिनको स्क्रिनमा पदअनुसार उम्मेदवारहरूको नाम र फोटो देखिन्छ । मतदाताले आफूले रोजेको उम्मेदवारको फोटो वा नाम भएको स्थानमा टच गर्नुपर्छ ।

हामीले प्रतिनिधिहरूलाई मतदान विधि बुझाउने भिडियोसहितको क्यूआर कोड पनि उपलब्ध गराएका छौं, जसले मतदान प्रक्रियालाई थप सहज बनाउनेछ ।

धेरै उम्मेदवार हुँदा मतदातालाई अलमल हुन सक्छ । त्यसका लागि के व्यवस्था छ ?

मतदान कक्षभित्र गएर कसलाई भोट हाल्ने भन्ने विषयमा हामी कुनै सहयोग गर्दैनौं । तर मेसिन कसरी सञ्चालन गर्ने भन्ने प्राविधिक समस्या आयो भने बाहिरबाट निर्देशन दिन्छौं ।

उदाहरणका लागि, ‘यहाँ थिच्नुस्’, ‘त्यसपछि अर्को पृष्ठमा जानुस्’ जस्ता सामान्य प्राविधिक सहयोग मात्र गरिन्छ । उम्मेदवार छनोटमा कुनै हस्तक्षेप हुँदैन ।

प्रतिनिधिहरूले उम्मेदवारहरूको सूची बोकेर जानुपर्छ कि पर्दैन ?

त्यो निर्वाचन समितिले के निर्णय गर्छ भन्नेमा निर्भर हुन्छ । तर हाम्रो प्रणालीमा उम्मेदवारको नाम र फोटो दुवै देखिने भएकाले कागजी मतदानभन्दा यो सजिलो छ ।

यदि कसैले उम्मेदवारहरूको क्रम संख्या वा सूची सम्झेर गयो भने मतदान अझ छिटो गर्न सकिन्छ ।

परिणाम कहिलेसम्म आउने अनुमान छ ?

अहिले अन्तिम उम्मेदवार सूची प्राप्त नभएकाले ठ्याक्कै समय भन्न सक्दिनँ । तर मतदान सम्पन्न गर्न १०–११ घण्टा र मतगणनाका लागि थप डेढ घण्टा लाग्ने हाम्रो अनुमान छ ।

मतदान गर्न जाँदा प्रतिनिधिहरूले विशेष रूपमा के कुरामा ध्यान दिनुपर्छ ?

उम्मेदवारहरू पदअनुसार र निर्वाचन समितिले दिएको क्रम संख्याअनुसार मेसिनमा देखिन्छन् । त्यसैले आफूले मतदान गर्न चाहेको उम्मेदवारको क्रम संख्या वा फोटो पहिल्यै सम्झिएर जानु राम्रो हुन्छ ।

मेसिनमा उम्मेदवारको फोटो र नाम दुवै देखिने भएकाले फोटो हेरेर पनि सजिलै मतदान गर्न सकिन्छ । यसले मतदान प्रक्रिया छिटो र सहज बनाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय