सदस्यता वितरण व्यवस्थित बनाउन कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो (सूचीसहित)
nepalpress.com · Wed Jun 24 07:27:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।
केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्नको लागि प्रतिनिधि तोकिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य पार्टीले राखेको उनले बताए।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्न पार्टीले निर्देशन दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ