मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

राजधानीका टोलटोलमा फिल्म महोत्सव

barnanmedia.com · Wed Jun 24 07:19:31 GMT 2026

काठमाडौँमा यतिबेला ‘टोलटोलमा फिल्म’ महोत्सव सुरु भएको छ । आसर ५ गतेदेखि सुरु भएको महोत्सव २६ गतेसम्म जारी रहनेछ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) अन्तर्गत उक्त महोत्सव सुरु गरेको हो । खुलामञ्च, असन, सुन्धारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगनटोल र कीर्तिपुर महाविहारमा महोत्सव सुरु भएको छ ।

महोत्सव चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र युनेस्कोको सहकार्यमा भएको हो । मानिसलाई एक सूत्रमा बुन्ने सुन्दर माध्यम कला र संस्कृति भएकाले महोत्सव गर्न लागेको महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठले बताउनुभयो ।

उहाँले खुलामञ्चमा सुरु भएको महोत्सवले आम दर्शकलाई कलाप्रति आर्कषण गर्दै आएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)