संन्यास घोषणा गरेका मेस्सी फेरि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा
kendrabindu.com · Wed Sep 16 06:37:29 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। यससँगै मेस्सीले घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर पाउने भएका छन्।
अर्जेन्टिना फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यीमध्ये अक्टोबर ६ मा हुने खेलमा मेस्सीसँगै रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो पनि सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)