स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ हुँदै
baahrakhari.com · Wed Sep 16 06:39:17 GMT 2026

काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्त्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ ।
इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालको सहकार्यमा हुने पदयात्रा असोज १७ गते शनिबार (अक्टोबर ३, २०२६) बिहान ६ बजे बसन्तपुरस्थित काठमाडौंको दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)