मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अब सूर्तिजन्य पदार्थ र मदिराको विज्ञापन गर्न बोर्ड राख्न नपाइने

nagariknews.nagariknetwork.com · Sun May 31 11:51:14 GMT 2026

ताप्लेजुङ सदरमुकाम फुङलिङमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रायोजन भइ टाँस भएका होर्डिङबोर्ड हटाउन लगाईएको छ । मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको होर्डिङ बोर्ड मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ उत्पादकले प्रायोजन गरी टाँस गरेको हकमा हटाईएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए ।

विश्व धुमपान रहित दिवसको अवसर पारेर आइतवार फुङलिङमा मदिरा तथा सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्ने पसलको अनुगमन गरिएको थियो । सहायक प्रजिअ भट्टराईले सार्वजनिक स्थलमा धुमपान तथा सूर्तिजन्य पदार्थको सेवन गरे नगरेको सहितका अनुगमन समेत गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)