बायोमेडिकल च्याम्पियन
ekantipur.com · Tue Sep 12 16:52:55 GMT 2023
काठमाडौँ — कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेसले मंगलबार सम्पन्न फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ ले पराजित गर्दै पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलको उपाधि जितेको छ ।
अर्किड कलेजको फुटसल कोर्टमा ६० मिनेटको फाइनलमा कलेज अफ बायोमेडिकलले दुई गोलले पछाडि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । विप्लव थापा एक्लैले चार गोल गरे भने मन्जिल श्रेष्ठ र मनीष मगरले १–१ गोल गरेका थिए । काष्ठमण्डपका सुजन थापाले दुई, विकास महर्जन, सन्जित क्षेत्री र कृष्ण दुलालले १–१ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)