वन्यजन्तुबाट पिडितलाइ राहत
nepalnews.com · Wed Jun 24 07:30:37 GMT 2026

इनरुवा। वन्यजन्तुबाट पीडित नागरिकलाई २३ लाख १४ हजार ६०५ रुपैयाँ राहत रकम वितरण गरिएको छ। कोसी टप्पु वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न बन्यजन्तुले विभिन्न प्रकारका क्षति पुर्याएकाले सो रकम प्रदान गरिएको हो।
असोज महिनामा सबैभन्दा बढी क्षति वन्यजन्तुले असर पुर्याएको आरक्षका अधिकृत अंकीत पौडेलले जानकारी दिए। असोज महिनामा १२ लाख ३८ हजार ६०५ रुपैयाँ राहत वितरण गरिएको छ।
वन्यजन्तुको आक्रमणमा समान्य घाइते भएकालाई आठ हजार ६०५ रुपैयाँ , भण्डारण गरिएको अन्नको क्षतिबापत १२ हजार रुपैयाँ, घरगोठको क्षतिबापत २६ हजार रुपैयाँ, अन्नबालीको क्षतिबापत ११ लाख ९२ हजार रुपैयाँ र मानिसको मृत्युबापत वैशाखमा १० लाख रुपैयाँ राहत रकम वितरण गरेको हो।
गत वैशाख महिनामा वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु भएको र मृत्यु’बापत पीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम वितरण गरिएको थियो।
कात्तिकमा अन्न बालीको क्षतिबापत २४ हजार ५०० रुपैयाँ, फागुनमा घरगोठ क्षतिबापत १४ हजार र अन्नबालीको क्षतिबापत ७ हजार ५०० रुपैयाँ गरी कूल रु ५१ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)