पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
gorkhapatraonline.com · Wed Jun 24 07:30:21 GMT 2026

पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ-आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताउनुभएको छ ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समयपछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफूले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको बताउनुभएको छ । प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबिच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षरपछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापनपछि यो पहिलो बैठक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)