रसुवा बाढीले खोसेको खुसीः बिर्साएको चाड
barnanmedia.com · Wed Sep 16 06:31:11 GMT 2026

रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए । तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन । सधैँ बाबुको मुख हेर्ने दिन बिहानै फोन गर्ने तथा कुनै वर्ष अनुकूल समय मिलाएर आफ्नै हातले विभिन्न परिकार छोराले ख्वाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टको त्यो दिन रुँदै बित्यो ।
तीजमा सधैँ भाइको स्नेह र सम्झना पाउने ध्रुवकी छोरी सृजनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो । “प्रत्येक वर्ष भाइ तीज आउन पाँच÷सात दिन पहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो, यसपालि भने उसकै पछिल्लो खबर सुन्न नपाएर पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन”, सृजना रुँदै बेदना पोख्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)