मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

arthadabali.com · Sat Jun 06 06:14:47 GMT 2026

काठमाडौँ / नेपालमा पछिल्लो समय बर्डफ्लु (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईए/NAHIS) र -यापिड रेस्पोन्स टोली (आरआरटी/RRT) को तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एउटा लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेश, बागमती र अन्य क्षेत्रमा समेत पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)