दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त
kendrabindu.com · Wed Sep 16 06:47:22 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले पुरानो राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।
आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना प्रकाशन गर्दै उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो। आयोगका अनुसार मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जनप्रतिनिधिको पद रिक्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)