घरेलु मैदानमा समर्थकहरूको माझ मेस्सीलाई बिदाइ गरिँदै
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। यससँगै उनलाई घरेलु मैदानमा समर्थकहरूको माझबाट अन्तर्राष्ट्रिय फुटबल जीवनबाट भव्य बिदाइ लिने सुनौलो अवसर जुरेका छन्।
अर्जेन्टिनाको फुटबल सङ्घ (एएफए) का अनुसार अर्जेन्टिनाले आगामी सेप्टेम्बर ३० मा बोलिभियासँग, अक्टोबर ३ मा बुर्किना फासोसँग र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेलहरू खेल्नेछन्। निर्धारित खेल तालिकाअनुसार अक्टोबर ६ का दिन हुने खेलमा लियोनेल मेस्सीसहित रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो मैदानमा उत्रिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)