मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

nepalbahas.com · Wed Jun 24 07:32:57 GMT 2026

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

१० असार, इस्लामावाद । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कुटनीतिमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताएको छ ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई बिदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरूमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको बताएको छ ।

प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबीच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर पछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको हो ।

दुबै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याउदै वार्ता र कुटनीति मार्फत बाकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गरेको छ ।

शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिएको छ ।

दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।

विदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

जो थिए सुरूमा पत्रकार, अहिले प्रधानमन्त्रीका बलिया दाबेदार: एन्डी बर्नह्याम

असार ९, २०८३ मंगलबार

होर्मुज आफ्नो नियन्त्रणमा रहेको इरानको दाबी, प्रतिक्षामा रहेका ४४१ तेल ट्यांकर सुचारु हुने अपेक्षा

असार ९, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

असार १०, २०८३ बुधबार

पूर्ण पुनर्निर्माणपछि चुच्चेपाटी भाटभटेनी आजदेखि सञ्चालनमा ( फोटो फिचर )

असार १०, २०८३ बुधबार

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया

असार १०, २०८३ बुधबार

राजधानीका टोलटोलमा फिल्म महोत्सव

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन: प्रतिनिधिलाई क्याप, कपी, पेन र आईडी कार्डसहितको झोला वितरण

असार १०, २०८३ बुधबार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)