सिंगापुर एयरलाइन्सकी एयर हाेस्टेसलाई दुर्व्यवहार गर्ने भारतीय नागरिक जेल चलान
shilapatra.com · Wed Jun 24 07:17:00 GMT 2026

गत फेब्रुअरीमा सिंगापुर विमानस्थलमा भारतीय नागरिक आकाश तिवारीको टिम यात्रामा थियो । उनीहरूले जब–जब विमान परिचारिका (एयर होस्टेस) आउँथे तब–तब शरीरले छुने गर्थे ।
बाटोमा ढाड तेर्स्याएर हिँड्न असहज गर्थे । हल्ला गरेर अर्को हैरानी । कतिसम्म गरे भने एक विमान परिचारिकाको तिघ्रामै हात समाए ।
उनले गुनासो गर्न अगाडि बढेपछि सँगै गएर हैरानी गरे । यस्तो दुर्व्यवहार गर्ने समूहका नाइके थिए आकाश तिवारी । ३५ वर्षका तिवारी सोमबार जेल चलान भएका छन् ।
उनलाई ६ महिना थुनामा राख्न अदालतले फैसला गरेको छ भने उनले झन्डै ढेड लाख नेपाली रुपैयाँ बराबरको आर्थिक क्षतिपूर्ति दिनुपर्ने भएको सिंगापुरको विश्वच्यानल सीएनएले उल्लेख गरेको छ ।
भारतीय यात्रुले विमान परिचारिकालाई दुर्व्यवहार गरेर जेल परेको यो पहिलो घटना होइन, एक वर्षअगाडि अस्ट्रेलियाको पर्थबाट सिंगापुरको उडान गर्दा रजत नामका एक २० वर्षे भारतीय यात्रुले सिंगापुर एयरलाइन्सकै विमान परिचारिकालाई दुर्व्यवहार गरेका थिए ।
उनलाई तीन हप्ता जेल पठाइएको थियो । उनले विमान परिचारिकाको ओठमा औँला राखेका थिए, र जबर्जस्ती शाैचालयमा तानेर लगेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१३:०२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)