मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल
ratopati.com
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो ।
अध्यक्ष नेपालले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै आजको दिन मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिन भएको बताए । दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र नभइ सम्पूर्ण नेपालीको शीर उँचो भएको नेपालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)