साउदी विमान खसालेको हुथीको दाबी
barnanmedia.com · Wed Sep 16 06:46:09 GMT 2026

यमनका हुथी विद्रोहीले साउदी अरबको एफ-१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् । हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सैन्य कारबाहीका क्रममा विमान खसालिएको बताउनुभयो ।
प्रवक्ता सारीले सामाजिक सञ्जालमार्फत यमनी सशस्त्र बलले विमान खसाल्न सफल भएको दाबी गर्दै साउदी अरबले यमनमाथि ४५० वटा आक्रमण गरेको आरोप लगाउनुभयो । उहाँले हुथीका कारबाही साउदीका तेल केन्द्र र सैन्य आधारमा केन्द्रित रहेको तथा मक्कालगायत पवित्र स्थललाई लक्षित नगरिएको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)