मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

nepalsamaya.com · Wed Jun 24 07:43:38 GMT 2026

काठमाडौं- तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन्।

आगामी दिनमा धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान उनले सुनाए। वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ।

ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)

सम्बन्धित विषय