मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेठमा देशभर ५ हजार ५७१ अपराध मुद्दा दर्ता, बैंकिङ कसुरमा सबैभन्दा बढी

nagariknews.nagariknetwork.com · Wed Jun 24 07:41:29 GMT 2026

नेपाल प्रहरीको मासिक प्रदेशगत अपराध दर्ता विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा देशभर ५ हजार ५७१ वटा अपराध मुद्दा दर्ता भएका छन्।

यो संख्या वैशाख महिनामा दर्ता भएका ५ हजार ५७१ मुद्दाकै बराबरीमा रहेको प्रहरीले जनाएको छ।

प्रदेशगत विवरणअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी १ हजार ५४१ मुद्दा दर्ता भएका छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम २२४ मुद्दा दर्ता भएका छन् भने बागमती प्रदेशमा ५५६ मुद्दा दर्ता भएका छन्।

यस्तै, कोशीमा ९०१, मधेशमा ९६४, लुम्बिनीमा ७७७, गण्डकीमा ४३१ र सुदूरपश्चिममा ३५७ मुद्दा दर्ता भएका छन्।

दर्ता भएका शीर्ष १० अपराधमध्ये बैंकिङ कसुरमा सबैभन्दा धेरै १ हजार १३५ मुद्दा दर्ता भएको छ। त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धका ८४३, आत्महत्यासम्बन्धी ६८९ र लागूऔषधसम्बन्धी ६२६ मुद्दा दर्ता भएका छन्।

त्यस्तै ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी २६७, चोरीसम्बन्धी ४११, जबरजस्ती करणी २७२, फुटकर ज्यानसम्बन्धी १७१ तथा सवारी ज्यानसम्बन्धी १४५ मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय