भारतीय दूतावासद्वारा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी
gorkhapatraonline.com · Wed Jun 24 07:40:03 GMT 2026

मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बिचमा, इरानस्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरीकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ ।
औपचारिकरूपमा जारी गरिएको सुरक्षा सुझावमा, दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । पछिल्लो समयमा सकारात्मक घटना क्रम र समग्र स्थितिमा भएको सुधारउन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकका लागि संशोधित सुझाव जारी गरेको जनाइएको छ ।
हालैका सुधारका बावजुद, पनि अर्को सूचना नआएसम्म भारतीय नागरिकलाई इरानको यात्रा नगर्न सल्लाह दिएको दूतावासले समाजिक सञ्जाल एक्समार्फत जनाएको हो । दुतावासले यस अघि नै इरानमा रहेका भारतीय नागरिकलगायत अत्यावश्यक कामकालागि इरानको यात्रा गर्नेलाई उच्च स्तरको सतर्कता, सावधानी र परिस्थितिजन्य सुरक्षा कायम राखी यात्रा गर्न आग्रह गरेको थियो ।
दुतावासले जारी गरेको विश्वसनीय सूचना स्रोत पालना गर्नुका साथै स्थानीय अधिकारीको निर्देशनको पालना गर्नुपर्ने जनाइएको छ । उनीहरूलाई सूचनाको विश्वसनीय स्रोतमार्फत स्थानीय घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र स्थानीय अधिकारीले जारी गरेका सबै निर्देशनको पालना गर्न सल्लाह दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दूतावासले इरानमा रहेका सबै भारतीय नागरिकलाई सकेसम्म चाँडो आफ्नो विवरण दर्ता गर्न र दूतावासको आधिकारिक वेबसाइटमार्फत जारी गरिएका सुचनाबाट सूचित रहन कडा निर्देशन दिएको छ ।
दूतावासले आपतकालीन सहायताका लागि मोबाइल नम्बर, हेल्पलाइन नम्बर र इमेल ठेगानासमेत प्रदान गरेको छ । हाल इरानमा रहेका सबै भारतीय नागरिक र तत्काल इरान आइपुगेकालाई जति सक्दो छिटो भारतीय दूतावास तेहरानमा आफ्नो विवरण दर्ता गर्न कडा निर्देशन दिइएको छ । उनीहरूलाई दूतावासको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल एक्समार्फत नियमितरूपमा निगरानी गर्न सल्लाह दिएको छ ।
अमेरिका र इरानबिचमा लामो युद्ध अन्त्य गर्ने उद्देश्यले भएको एमओयू सम्झौताको पहिलो चरणको रूपमा प्राविधिक वार्ताको प्रारम्भिक चरणको समापन भएपछि, दुबै पक्षले उच्चस्तरीय समिति र ६० दिनभित्र अन्तिम सम्झौताका लागि मार्गदर्शन तय गर्न सहमत भएका छन् । निरन्तरको कूटनीतिक प्रयासको बावजुद अन्तर्राष्ट्रिय प्रमाणिकरण पहुँच स्ट्रेट अफ होर्मुजको दीर्घकालीन समुद्री प्रशासन, र इरानी वित्तीय भण्डारको विषयलाई लिएर एक–अर्काबिच आधारभूत असहमति भने अझै जारी रहेको जनाइएको छ । रासस/एएनआई
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)